पेलेको सम्मानमा फुटबल प्रतियोगिता अघि एक मिनेट मौन धारण गरिने
काठमाडाैं | पुस १८, २०७९
काठमाडौं: महान् फुटबल खेलाडी पेलेको निधन भएको शोक मनाउन देशभर सञ्चालन हुने औपचारिक फुटबल प्रतियोगिताका खेल सुरु हुनुअघि एक मिनेट मौन धारण गरिने भएको छ।
फिफाले शुक्रबार यस सम्बन्धमा सबै सदस्य संघलाई परिपत्र पठाएको छ। फिफा महासचिव फातिमा समौराले लेखेको पत्रमा यस्तो सम्मान गरिने उल्लेख छ।
फिफाको पत्रपछि अखिल नेपाल फुटबल संघले एक सातासम्म फुटबल खेल सुरु हुनुअघि एक मिनेट मौनधारण गर्न सबै आयोजकलाई अनुरोध गरेको छ।
एन्फाले सदस्य संघ, जिल्ला फुटबल संघ, क्लब र फुटबल संचालन निकायससम्बद्ध सबैलाई आ–आफ्नो क्षेत्रमा फिफाको निर्देशन कार्यान्वयन गर्न अनुरोध गरेको छ।
ब्राजिलका महान् फुटबल खेलाडी पेलेको गत बिहीबार निधन भएको थियो।
जेनजी आन्दोलनका क्रममा लुटिएको इन्सास राइफलसहित कास्की प्रहरीले दुई जनालाई पक्राउ गरेको छ । कास्की प्रहरीले महोत्तरी स्थायी घर भई हाल जिल्ला पोखरा–९, नयाँबजार बस्ने १८ वर्षीया रवि चौधरी र भार...
पोखरा: कास्कीको अन्नपूर्ण गाउँपालिका १०र ११ स्थित पर्यटकीय गाउँ घान्द्रुकमा फागुन ६ देखि ९ गतेसम्म घान्द्रुक पर्यटन महोत्सव हुने भएको छ । पोखरामा आज (मंगलबार) पत्रकार सम्मेलन गर्दै महोत्सव...
पोखरा: नेपाल फोटो पत्रकार संघ (एनपिजेए) कास्कीले स्थापना गरेको ‘फोटो पत्रकार अक्षयकोष’ मा सामाजिक अभियान्ता सरिता गुरुङले आर्थिक सहयोग गरेकी छन् । सामाजिक क्षेत्रमा...

